पोर्ट्समाउथलाई पराजित गर्दै आर्सनल एफए कपको क्वाटरफाइनलमा

दियो पोस्ट  

काठमाडौैँ, फागुन २० । आर्सनल एफ ए कपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

आईतबार राति पाँचौ चरणको खेलमा पोर्ट्समाउथलाई २–० गोल अन्तरले पराजित गर्दै आर्सनलले अन्तिम ८ मा स्थान बनाएको हो ।

आर्सनलको जितमा स्रोक्राटिस र एडी नेकेथियाले एक एक गोल गरे ।

स्रोक्राटिसले पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । एडी नेकेथियाले ५१ औं मिनेटमा आर्सनलको अग्रता दोब्बर बनाए । आर्सनल प्रशिक्षक मिकेल आर्टेटाले युवा खेलाडीको प्रर्दशनको प्रशंसा गरे । उनले अधिकांश २० भन्दा मुनीका खेलाडी मैदान उतारेका थिए ।

दोस्रो हाफमा आर्सनलले राम्रो खेल प्रर्दशन गरेको थियो । उनीहरुले घरेलु मैदानमा पछिल्लो १९ खेलमा अपराजित टिमलाई हराएका थिए । अझ पोर्ट्समाउथको पछिल्लो १० खेलको अपराजित यात्रामा समेत पुर्णविराम लागेको छ ।

सिफारिस