अस्ट्रेलियामा कोरोनाभाइरस संक्रमितको संख्या ३१ पुग्यो, एकको मृत्यु

दियो पोस्ट

एजेन्सी । विश्वको अधिकांश देशहरुमा फैलिरहेको नोबले कोरोनाभाइरस (कोभिड–१९) बाट अस्ट्रेलियामा एक जनाको मृत्यु भएको छ । अस्ट्रेलियन सरकारको स्वास्थ्य विभागले मंगलबार जारि गरेको विवरण अनुसार संक्रमितको संख्या ३१ पुगेका बताइएको छ ।

संक्रमितमध्य एक जनाको निधन भएको छ । संक्रमण भएका १५ जनाले चिनको वुहान शहरको यात्रा गरेको पाइएको छ । त्यस्तै १० जना जापान भ्रमण गरेर फर्किएको रेकर्डमा उल्लेख गरिएको छ ।

संक्रमित भएका ३१ जनामध्य २१ जनाको स्वास्थ्य स्थिती सामान्य भएपछि घर फर्काइएका छन् । अन्यलाई क्वारेन्टाइनमा विशेष निगरानीका साथ राखिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

कोरोनाभाइरसले विश्वव्यापी रुप लिँदै गर्दा यसबाट ज्यान गुमाउनेको संख्या ३ हजार पुगिसकेको छ । सबैभन्दा मानवीय क्षति चिनमा भएको छ । विश्व स्वास्थ्य संगठनले नेपाल समेत कोरोनाभाइरसको उच्च जोखिममा रहेको बताएको छ ।

सम्बन्धित खबर