
काठमाडौं । नेपाल स्टक एकसचेञ्ज (नेप्से) परिसूचक साताको तेश्रो दिन मंगलबार सामान्य सुधार देखिएको छ । हिजो सोमबार ९६ अंकले घटेको नेप्सेमा आज सामान्य सुधार देखिएको हो ।
आज नेप्से १४.३७ अंकले बढेर १ हजार ५ सय ९ दशमलव ६७ विन्दुमा कायम भएको छ भने पौने ४ अर्वको कारोबार भएको छ ।
शेयर कारोबारमा आज बाणिज्य बैंक समूहको सुचक एक दशमलव ७२ अंकले बढेको छ । अधिकांश समूहका सुचकहरु बढेको आजको कारोबारमा लघुवित्त समूहको सुचक सबैभन्दा बढि चार प्रतिशतले घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयर ४० करोड रुपियाँभन्दा बढिको कारोबार भयो । दोस्रोमा एनएमबि बैंकको २५ करोड रुपियाँभन्दा बढिको कारोबार भयो ।