थ्रीस्टारलाई पराजित गरेको सुदुरपश्चिम–११ लाई खप्तड गोल्डकपको उपाधी

दियो पोस्ट  

काठमाडौं । आयोजक सुदुरपश्चिम११ ले चौंथो संस्करणको खप्तड गोल्डकप फुटबलको उपाधि जितेको छ ।

धनगढी रंगशाला मंगलबार भएको फाइनलमा ुएु डिभिजन लिग क्लब थ्री स्टारलाई १(० गोल अन्तरले पराजित गर्दै सुदुरपश्चिम च्याम्पियन बनेको हो ।

आयोजक सुदुरपश्चिमलाई उपाधि दिलाउन बिक्रम सिंह ठकुरीले निर्णायक गोल गरे । उनले खेलको २८ औं मिनेटमा निर्णायक गोल गरे ।

फ्रिकिक बलमा थ्री स्टारका डिफेन्डर अनन्त तामाङले हेडबाट अशोक खवासलाई दिएको ब्याकपासलाई नियन्त्रणमा लिदै बिक्रमले जाली चुमाएका थिए । प्रतियोगिताको यो उनको पाँचौं गोल समेत हो ।

त्यसअघि खेलको २० औं मिनेटमा बिक्रमकै प्रहार थ्री स्टारका कप्तान बिक्रम लामाले गोल लाइनबाट क्लियर गरेका थिए ।

खेलको म्यान अफ दि म्याच सुदुरपश्चिमका माधव भण्डारी चुनिए ।

सुदुरपश्चिमले पहिलो पटक घरेलु प्रतियोगिताको उपाधि जितेको हो । यस्तै सुदुरपश्चिम(११ खप्तड गोल्डकपको नयाँ च्याम्पियन समेत बनेको छ ।

उपाधिसँगै सुदुरपश्चिमले २१ लाख १ रुपैया प्राप्त गरेको छ । थ्री स्टारले १० लाख १ रुपैयामा चित्त बुझायो ।

सुदूरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

सिफारिस