मोरङ । बिराटनगर महानगरपालिका१९ मिलन चोकस्थित सडकमा को-१ ख २९१७ नम्बरको टिपरले प्रदेश १-००२ ह ८६०६ नम्बरको टेम्पोलाई मंगलबार राति ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा अटो चालक ग्रामथान-२ बस्ने ४५ वर्षीय बाबुराम सरदार र उनकै नातिनी ६ वर्षीया सबिता सरदार रहेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।