
काठमाडौँ, फागुन २१ । मंगलबार झिनो अंंकले बृद्धी भएको शेयर बजारमा बुधबार भारि गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार परिसुचक ६८ दशमलव ४७ अंकले घटेर १ हजार ४ सय २० विन्दुमा पुगेको छ । साथै कारोबार रकम २ अर्ब ९० करोड ८४ लाख ७२ हजार ६ सय ३ बराबरको कारोबार भएको छ ।
समूहको सुचक चार दशमलव ५४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा र लघुवित्त समूहका सुचकहरु छ प्रतिशतभन्दा बढिले घटेका छन् । जीवन बीमा समूहको सुचकको गिरावट पनि पाँच प्रतिशतभन्दा बढि रहेको छ ।
आज कुल १७४ कम्पनीको सेयर कारोबार भएकोमा नौ वटा कम्पनीको सेयरमा मात्रै सुधार आएको छ भने बाँकी सबै कम्पनीका लगानीकर्ताले गुमाएका छन् । धेरै गुमाउनेमा नेशनल माइक्रोफाइनान्सका लगानीकर्ता छन् ।
बजारमा देखिएको अस्थिरताका कारण विशेषगरी साना लगानीकर्ताहरुमाथि ठूलो मार परेको छ । ठूला कम्पनी र लगानीकर्ताहरुको स्वार्थमा हुने चलखेलका कारण हरेक पल्ट साना लगानीकर्ताहरु शोषणमा पर्ने गरेको देखिएको छ । रासस