काठमाडौँ, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल भएको छ । बुधबार १० बजेदेखि शुरु भएको शल्यक्रिया दिउँसो ३ बजे सकिएको थियो । उनको शरिरमा राखिएको मृगौलाले काम गर्न समेत थालिसकेको चिकित्सकहरुले बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीको टोलीले प्रधानमन्त्रीको शल्यक्रिया गरेका हुन् । उक्त टोलीमा डा. उत्तमकुमार शर्मा, डा. अनन्त कुमार, डा. दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली रहेका छन् ।
प्रधानमन्त्री ओलीलाई नातामा भाञ्जी पर्ने समिक्षा संग्रौला ज्ञवालीले मृगौला दिएकी हुन् ।