गोरखामा जीप दुर्घटनाः आरुघाट गाउँपालिका–१ का वडासचिवको मृत्यु

दियो पोस्ट  

काठमाडौँ, फागुन २२ । गोरखामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आरुघाटबाट काशीगाउँतर्फ जाँदै गरेको ग १ ज ५५०५ नम्बरको जीप बुधबार राति दुर्घटना हुँदा आरुघाट गाउँपालिका–१ का वडासचिव किरण रिमालको मृत्यु भएको छ ।

दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा उपप्रमुख फुलमाया गुरुङ , चालक बालचन्द्र गुरुङ, निसा गुरुङ, धनबहादुर गुरुङ, केयरसिंह गुरुङ, सुरज नेपाल रहेका छन् । उनिहरुको स्थानिय अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार ग १ ज ५५०५ नम्बरको सो जीप बुधबार साँझ करिब ७ः३० बजे सडकबाट झण्डै ३०० मिटर तल खसेको थियो ।