काठमाडौँ, फागुन २३ । म्यान्चेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा डर्बी काउन्ट्रीलाई ३–० ले पराजित गर्दै युनाइटेड प्रिक्वाटरफाइनल प्रवेश गरेको हो ।
युनाइटेडको जितमा ओडिओन इघालोले दुई गोल गरे भने ल्यूक शले पहिलो गोल गरेका थिए । १२ पटकको च्याम्पियन युनाइटेडका लागि ल्यूक शले ३३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । इघालोले ४१औं मिनेटमा युनाइटेडको अग्रता दोब्बर बनाए ।
म्यान्चेष्टर युनाइटेडका पूर्व खेलाडी वाइन रुनी डर्बीबाट खेलेका थिए । खेलमा उनले दुईवटा उत्कृष्ट फ्रिकिक प्रहार गरेपनि त्यसलाई सर्जियो रोमेरोले बचाएका थिए । ७०औं मिनेटमा इघालोले अर्को गोल गरेपछि युनाइटेड ३–० ले विजयी भयो ।
क्वार्टर फाइनलमा युनाइटेडले नर्विच सिटीसँग प्रतिष्पर्धा गर्नेछ ।