काठमाडौँ, फागुन २३ । संसार भरि तिब्र रुपमा फैलिरहेको कोरोनाभाइरसको त्रास फुटबलमा पनि देखिएको छ । लिग आयोजकले खेलाडीहरुलाई फेयर प्ले ह्याण्डशेक गर्न प्रतिवन्ध लगाएको छ । बिहीबार सुचना जारि गर्दै प्रिमियर लिगले तत्कालका लागि खेलाडीहरुबिच ह्याण्डशेक नगर्न अनुरोध गरेको हो ।
लिगले अर्को सुचना जारि नहुँदासम्मका लागि सम्पुर्ण खेलाडीहरुलाई उक्त नियम पालना गर्न निर्देशन दिएको छ । खेल हेर्न आउने दर्शकहरुलाई समेत सुरक्षित रहनका लागि अनुरोध गरेको छ ।
विश्व स्वास्थ्य संगठनले हात मिलाउँदा, अंगालो मार्दा एक व्यक्तिमा रहेका जिवाणु अर्को ब्यक्तिमा सजिलै सर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेपछि हात मिलाउन प्रतिवन्ध लगाइएको छ ।
कोरोनाभाइरसकै कारण विभिन्न देशमा हुने गरेका ठुलाठुला खेलहरु स्थगित भएको छ । नेपालमा समेत आगामी चैतबाट हुन लागेको एभरेस्ट प्रिमियर लिग टि–२० क्रिकेट स्थगित भैसकेको छ ।