
काठमाडौं, फागुन २९ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पाचौँ दिन आज बिहिवार राताम्मे भएको छ । बुधवार हरियाली छाएको नेप्से आज तिन प्रतिशतले घटेर राताम्मे भएको हो ।
नेप्से ४५ दशमलव ९१ अंकले घटेर १ हजार ३ सय ७७ दशमलव १८ विन्दुमा थामिएको छ भने २ अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ बराबरको कारोवार भएको छ ।
दुई अर्ब २० करोड रुपियाँको शेयर किनबेच भएको छ । जसमा सबैभन्दा धेरै बाणिज्य बैंक समूहको ९१ करोड कारोबार भयो भने कम्पनीतर्फ धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सको अग्रता कायम रह्यो । यो कम्पनीको सेयर १९ करोड ८२ लाख रुपियाँको कारोबार भयो । समूहगत कारोबारतर्फ बाणिज्य बैंक समूहको सुचक तीन दशमलव २३ अंकले घटेको छ ।