
विराटनगर । मोरङको सुनबर्सी नगरपालिका, ८ बाट तीन जना भारतीय नागरिकलाई कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा २१ वर्षीय अजयकुमार मण्डल, १८ वर्षीय आनन्दकुमार मण्डल र २१ वर्षीय राकेशकुमार साह रहेका छन् ।
होटलमा मदिरा सेवन गरेर बसेका अजयले कम्मरको भिरेको अवस्थामा पेस्तोल देखिएपछि प्रहरीमा खबर पुगेको थियो । प्रहरीले मदिराको नसामा रहेका तीनजनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । पेस्तोलसहित नेपाल प्रवेश गरेका तीनै जना बारे अनुसन्धान सुरु गरिएको दाहालले बताए ।
प्रहरीले उनीहरुको साथबाट १५० सिसीको अनटेष्ट लेखिएको पल्सर मोटरसाइकल पनि बरामद गरेको छ ।