साहित्यकार तथा त्रिविका प्राध्यापक डा. डिपी भण्डारीको निधन

दियो पोस्ट  

काठमाडौँ, चैत १ । साहित्यकार डा. डिपी भण्डारीको निधन भएको छ । वौद्धिक लेखक र प्राध्यापकको रुपमा चर्चित रहेका भण्डारीको शनिबार निधन भएको हो ।

त्रिभुवन विवविद्यालयका प्राध्यापक समेत रहेका उनको काठमाडौँस्थित ह्याम्स अस्पतालमा निधन भएको हो ।

सन् १९३६ मा डोटीको निरौला गाउँमा जन्मिएका भण्डारीले चार दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए ।

उनको ‘मृगस्थली’ नामक निबन्धसंग्रह प्रकाशित छ ।

सिफारिस