सुनको मुल्य एकैदिन १५ सयले घट्यो, तोलाको ७७ हजार

दियो पोस्ट  

काठमाडौँ, चैत २ । सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मुल्यमा १५ सय रुपैयाँले गिरावट आएको छ ।

शुक्रबार प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार ५ सय रुपैयाँले घटेर ७७ हजार कायमा भएको महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आइतबार ३० रुपैयाँले घटेर प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।