साताको पहिलो दिन नै नेप्से ४६ अंकले घट्यो

दियो पोस्ट  

काठमाडौं । गत हप्तादेखि निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि घटेको छ । साताको सुरु दिन आज आइतवार नेप्से राताम्मे भएको हो ।

नेप्से आज पनि ६४।१४ अंकले घटेर १ हजार ३ सय १३ दशमलव ०४ विन्दुमा थामिएको छ भने २ अर्ब १० करोड १४ लाख १७ हजार २९२ बराबरको कारोबार भएको छ ।

गत बिहीबार पनि नेप्सेमा ४५ अंकको गिरावट आएको थियो ।

नेप्सेमा निकै उथलपुथल देखिनुमा कोरोनाभाइरसको त्रास मुख्य कारक हो । नेपालमा केही समयअघि देखि शेयर बजार परिसुचांक ठुलो अंकले उकालो ओरालो लाग्ने भइरहेको छ । नेपालमा मात्र होईन विश्व बजारमा नै शेयर बजार परिसुचांक घटेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले समेत कम्पनीको वर्तमान अवस्थालाई बुझेर मात्र शेयरम लगानी गर्न आग्रह गरेका छन् ।