लगातारको गिरावटपछि नेप्सेमा सामान्य सुधार

दियो पोस्ट  

काठमाडौँ, चैत ६ । लगातारको गिरावटपछि नेप्से परिसुचक साताको अन्तिम दिन भने सामान्य अंकले बढेको छ । साताको शुरुवातबाटै ठुलो अंकले गिरावट हुँदै आएको नेप्से बिहीबार १३ दशमलव ५० अंकले बृद्धी भएको छ ।

झिनो अंकले बढेको नेप्से १ हजार २ सय ६९ दशमलव ३० विन्दुमा पुगेको छ । बिहीबार कारोबार रकम भने १ अर्ब ९० करोड ३१ लाख ४२ हजार पुगेको छ ।

कारोनाभाइरस संसारभरि नै महामारीको रुपमा फैलिएपछि यसको प्रत्यक्ष असर शेयर कारोबारमा पनि परेको हो ।

सिफारिस