
न्युयोर्क । गैर आवाशिय नेपाली संघ अमेरिकाको जन सम्पर्क समिति सदस्य अनिल लिम्बुको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
अमेरिकाको न्युयोर्कमा ५० वर्षीय लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाले जनाएको छ ।
पाँचथरको रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । स्थानीय समयअनुसार आज बिहानमात्रै उनको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनमा डाइभिटिज र प्रेसरको समस्या थियो ।
कोरोना भाइरसको संक्रमणपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । यसअघि बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको थियो ।
उनलाई उपचारको लागि इल्महर्स्ट हस्पितलमा राखिएको थियो । उनी एनआरएनए न्युओर्क च्याप्टरमा रहेर समेत लामो समय क्रियाशिल थिए ।