फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो, स्पेनमा पनि ३ हजारको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ, चैत १२ । चीनपछि युरोपियन मुलुकहरुमा कोरोनाभाइरस तीब्र गतिमा फैलिरहेको छ । बुधबारसम्म फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार फ्रान्समा १ हजार १ सय जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो विवरणअनुसार फ्रान्समा २२ हजार ३ सय ४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्य ३ हजार २ सय ८१ जना निको भएर घर फर्किसकेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्पेनमा करिब ३ हजार जना कोरोनाबाट मृत्यु भइरसकेका छन् । मंगलबार रातिसम्मा २ हजार ९ सय ९१ जना कोरोनाबाट मृत्यु भएका छन् । ४२ हजार ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ३ हजार ७ सय ९४ जना निको भएर घर फर्किएका छन् ।

कोरोना नियन्त्रणका लागि युरोपियन मुलुकहरुले आपतकालको घोषणा गरिसकेका छन् । मानिसहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । मंगलबार मात्रै इटालीमा कोरोनाबाट ७ सय २३ जनाको मृत्यु भएपछि युरोपियन मुलुकहरुमा कोरोना नियन्त्रण बाहिर रहेको देखिएको छ ।

सम्बन्धित खबर

सिफारिस