अमेरिकी नाटककार टेरेन्स मेक्नलीको कारोनाभाइरबाट मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ, चैत १२ । अमेरिकाका चर्चित नाटककार टेरेन्स मेक्नलीको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । अमेरिकाको फ्लोरिडामा मेक्नलीको बुधबार बिहान ज्यान गएको हो ।

मेक्नलीले चार पटकसम्म टोनी पुरस्कार जितेका थिए । उनको ८१ बर्षको उमेरमा मृत्यु भएको हो । उनले आफ्नो करियरमा तीन दर्जनभन्दा बढी नाटक लेखेका छन् ।

उनी समलंगी, क्यान्सर लगायतका कारण पनि चर्चित थिए । मेक्नलीको फोक्सोको एउटामात्र भाग क्यान्सरबाट जोगिएको थियो । क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिसअर्डरबाट उनी जोगिँदै आएका थिए ।

सम्बन्धित खबर

सिफारिस