वेल्जियममा बिरालोमा कोरोनाभाइरस संक्रमण पुष्टि

वेल्जियममा बिरालोमा कोरोनाभाइरस संक्रमण पुष्टि

एजेन्सी, चैत १६ । घरपालुवा जनावरमा पनि कोरोनाभाइरस (कोभिड–१९) पुष्टि भएको छ । वेल्जियममा एक ब्यक्तिले आफ्नो घरमा पालेको बिरालोमा कोरोनाभाइरस संक्रमण देखिएको छ । द ब्रसेल्स टाइम्सका अनुसार घरमालिकबाट बिरालोमा कोरोनाभाइरस सरेको हो ।

बिरालोका घरमालिक केही समय अघिमात्र इटालीबाट फर्केका दिए । त्यहाँका स्वास्थ्य विशेषज्ञहरुले भने यो घटना अपवाद भएको र जनावरमा कोरोनाभाइरस नहुने बताएका छन् । यूनिभर्सिटी अफ घेन्टको भेटेरिनरी मेडिसिनका प्राध्यापक तथा संक्रामक रोग विशेषज्ञ हान्स नाउयन्कले यो समाचारले आफूलाई अचम्मित पारेको बताए ।

अन्य विशेषज्ञहरुले कोरोना परिक्षणको विश्वसनियतामा प्रश्न उठाउँदै पुनः परिक्षण गर्नुपर्ने माग राखेका छन् । बिरालोको दिशामा कोरोनाभाइरसको परिक्षण गरिएको थियो । उक्त परिक्षण लिग यूनिभर्सिटीको प्रयोगशालामा गरिएको द ब्रसेल्स टाइम्सले जनाएको छ ।

हाल उक्त बिरालो र घरमालिकको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

Trending News