साबिक एमाले र माओवादी ब्युँतियो, नेकपा नाम ऋषि कट्टेलको

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम ऋषि कट्टेललाई दिएको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलकै नाउँमा नेकपा रहने निर्णय गरेको छ ।
दुई वर्षदेखि थाती रहेको मुद्दा अन्तत आएर आज सर्वोच्चले टुंगाएको हो । यसअघि पूर्व एमाले र माओवादी मिलेर नेकपा नाम दर्ता गरी चुनाव लडेकाले कट्टेलले आफ्नो नाममा रहेको पार्टी दाबी गर्दै रिट दायर गरेका थिए ।
सर्वोच्चको निर्णयले पूर्व एमाले र माओवादीकै अवस्थामा रहने निर्णय समेत गरेको छ ।