सर्वोच्चको फैसलापछि प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा

काठमाडौँ, २३ फागुन ।नेपाल कम्युनिष्ट्र पाट्री ‘नेकपा’ नामको विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा जुटेका छन् ।
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र०लाई पार्टी एकिकरण अघिकै अवस्थामा फर्काइदिएपछि प्रचण्ड–माधव समूहको आकस्मिक बैठक बसेको हो ।
सर्वोच्चको फैसलाबारे निर्णय गर्नका लागि सिंहदरबारमा सो समूहको आकस्मिक बैठक बसेको हो । बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरु सहभागी छन् ।