प्रचण्ड भन्छन् : ‘सर्वोच्चको फैसला अपेक्षाविपरित आयो’

प्रचण्ड भन्छन् : ‘सर्वोच्चको फैसला अपेक्षाविपरित आयो’

काठमाडौँ, फागुन २३ । प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतबाट आफुले अपेक्षा गरेको भन्दा विपरित फैसला आएको बताएका छन् ।

‘नेकपा’ नामको विवादमा सर्वोच्चको फैसलापछि संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले अपेक्षाभन्दा फरक फैसला गरेको बताएका हुन् । उनले फैसलाको पूर्णपाठ पढेपछि मात्रै टिप्पणी गर्ने बताएका छन् ।

आइतबार सर्वोच्चका न्यायाधीशद्वयबमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । फैसलासँगै तात्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ब्यूँतिएको छ ।

सर्वोच्च्को फैसलासँगै देशमा राजनीतिक भद्रगोल देखिएको छ ।

Trending News