
धादिङ, २५ फागुन । धादिङको बेनिघाट रोराङ गाउँपालिका १० तिङग्राङखानीमा ट्रक दुर्घटना भएको छ । दुर्घटनामापरी २ जनाको मृत्यु भएको छ ।
रुपेन्देहीबाट काठमाडौं आउँदै गरेको गोयन्का सिमेन्टको लोड भएको लु १ ख ७७६२ नं को ट्रक पृथ्वीराजमार्ग स्थित तिङग्राङखानी स्थित सडकबाट अन्दाजी ३० मिटर तल त्रिशुली नदिमा खसेको हो । ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डयेका अनुसार २ जनाको मृत्यु भएको छ ।
।
ट्रकका चालक काभ्रेपलाञ्चोक जिल्ला बनेपा नाला घर भएका ४५ वर्षीय बिष्णु घिमिरे र सोही ठाउँ बस्ने ट्रकका सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यलय गजुरी, प्रहरी चौकी जोगिमारा र शशस्त्र प्रहरी बलद्वारा खटिगएको टोलीले सबलाई पोस्ट्रमाटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको प्रहरी निरिक्षक पाण्डेयले जनाए ।