काठमाडौं, २६ फागुन । नेकपा एमालेको सुदुरपश्चिम प्रदेश कार्यालयमा नेम प्लेट हटाउने विषयमा दुई पक्षबीच कुटाकुट भएको छ ।
एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्ताले एमाले सुदुरपश्चिम ईन्चार्ज भीम रावलको नाम हटाएर लेखराज भट्टको नेमप्लेट राखेका छन् ।
कैलालीको धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा बुधबार ओली पक्षले लेखराज भट्टको नेमप्लेट राखेको हो । नेकपा एमाले ब्युतिएपछि सबैको जिम्मेवारीसमेत व्युँतिएपनि भट्ट र रावलको विषयमा भने कार्यकर्ता तहमा लफडा शुरु भएको छ ।
प्रदेश अध्यक्ष कर्ण थापा नेतृत्वको टोलीले भट्टको नेम प्लेट हटाएपछि दुई पक्षबीच कुटाकुट भएको हो । ओली समुहले रावलको नाम हटाएर भट्टको नाम राखेका छन् । झाडपपछि एमाले कार्यालयमा प्रहरीको पहराले सुरक्षा दिनुपरेको छ ।
तत्कालिन नेकपा एमालेमा सुदुर पश्चिम ईन्चार्ज रावल थिए । तर, ओली र माधव नेपाल समुह छुट्टिएपछि ओली पक्षले भट्टलाई प्रदेश ईन्चार्ज बनाएका थिए ।