राजेन्द्र महतोको प्रश्न : ‘केपी ओलीको नाम लिनुहुन्छ तपाईं, ठग्ने बाहेक उनले के गरे ?’

दियो पोस्ट  

काठमाडौं, २६ फागुन । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ठगीको आरोप लगाएका छन् ।


संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘ठग्नेबाहेक केही काम गरे केपी ओलीले रु अनि केपी ओलीको नाम लिनुहुन्छ ?’ उनले भने ।

सरकारमा जाने कुनै योजना नभएको बताएका छन् । उनले आफूहरुले राख्दै आएका माग पूरा भएपछि मात्रै सरकारको बारेमा सोच्ने बताए । तर, ओली समुहले भने सरकारमा जाने विषयमा राजपाले कार्यदल नै तयार पारेको र मन्त्रीको समेत सुची तयार भएको प्रचार गर्दै आएको छ ।

‘सरकार बनाउने कुनै योजना छैन । हाम्रो माग पूरा गराउने हो । माग पूरा भएपछि सरकारको बारेमा सोचौंला,’ उनले भने, ‘केपी ओली सरकारलाई पहिले समर्थन गरेर हेरिसकेको होइन, फेरि गर्ने त्यसै ? यी शोसक सामन्तहरुलाई सित्तैमा समर्थन गर्न जन्मिएको हो हामी ?’

सिफारिस