प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न, ‘नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिदा समेत किन मौन ?’

दियोपोस्ट संवाददाता

काठमाडौं, ११ चैत्र ।नेपाल कमुनिष्ट पार्टी (नेकपा) एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितामाथि नै गम्भीर खेलबाडमा लागेको आरोप लगाएका छन् ।

बुधबार सामाजिक सञ्जाल मार्फत रावलले प्रधानमन्त्री ओली आफ्नो कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका दीर्घकालिन हितसँग सम्बन्धित विषयमा प्रतिकुल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लिन रहेको बताएका हुन् ।

अर्को ट्वीट गर्दै रावलले दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेका बेला प्रधानमन्त्री भने बालुवाटारमा पदको खेल र झेलमा मग्न भएको उल्लेख गरेका छन् ।

अर्को ट्वीट गर्दै रावलले दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेका बेला प्रधानमन्त्री भने बालुवाटारमा पदको खेल र झेलमा मग्न भएको उल्लेख गरेका छन् ।

सम्बन्धित खबर

सिफारिस