
सप्तरी, चैत्र ११ । जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिकामा ट्रकको ठक्करबाट मोटरसाईकल चालक को मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग स्थित हनुमाननगर कंकालिनि नगरपालिका ३ पोर्ताहा पेट्रोल पम्पको पुर्वबाट पश्चिम तर्फ आउदै गरेको को ३३ प ७७१६ नं.को मोटरसाईकल लाई ना.७ ख.९३३९ नं।को ट्रकले ठक्कर दिदा सप्तरीको कंचनरुप -५ बस्ने २० वर्षिय देब कुमार चौधरीको घटना स्थलमा मुत्यु भएको हो ।
मोटरसाईकलमा सवार र सोहि ठाउँका बिजुली मुखियाको छोरा बर्ष १९ को प्रदिप मुखिया घाईते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्ले जनाएको छ ।
मृतकको कानुन बमोजिम सब मुचुल्का लगायत पोष्ट मार्टम समेतको कार्य भईसकेको र ट्रक चालकलाई प्रहरीको नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक काफ्लेले बताए ।