क्वारेन्टिन र आइसोलेसन अपडेट गर्न गृहको निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौं, ११ चैत्र । कोरोना संक्रमण थप फैलिन सक्ने आँकलन गर्दै स्वास्थ्य मापदण्डमा कडाइ गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले परिपत्र गरेर मास्क अनिवार्य गर्न र भिडभाड हुन नदिन निर्देशन दिएको छ ।

गत चैत ८ मा कोरोना संक्रमण बढ्ने खतरा औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा,सम्मेलन गर्न रोक लगाउन भनेको थियो । गृह मन्त्रालयले परिपत्र गर्दै सीमानाबाट नेपाल प्रवेश गर्नेहरुको रेकर्ड राख्न भनेको छ ।

भिडभाड नियन्त्रण र मास्क अनिवार्य गर्न मन्त्रालयले प्रजिअहरुलाई निर्देशन दिएको छ । सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गर्न प्रजिअहरुलाई निर्देशन दिइएको छ ।

सम्बन्धित खबर

सिफारिस