ढाका, ११ चैत्र । सन् २००० मा बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई आफ्नो निर्वाचन क्षेत्रमा मार्ने प्रयास गरेको आरोपमा १४ इस्लामिक लडाकुलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।
बंगलादेशको अदालतले मंगलबार १४ इस्लामिक लडाकुविरुद्ध मृत्युदण्डको सजाय सुनाएको हो।
‘एक सेनाको टोलीद्वारा एक उदाहरण स्थापित गर्न यो फैसला कार्यान्वयन गरिनेछ,’ न्यायाधीश अबु जफर मोहमद कामरुजामानले फैसला सुनाउने क्रममा भनेका थिए।
फैसलामा १४ आरोपितमध्ये नौ जनालाई गोली हानी मार्न र बाँकीलाई फाँसी दिन भनिएको छ।हर्कतुल जिहाद बंगलादेश (हुजी-बी) का कार्यकर्ताहरूले २००० जुलाई २१ मा दक्षिणपश्चिमी गोपालगंजको कोटालीपारा क्षेत्रको मैदाननजिकै ७६ किलोग्राम बम राखेका थिए, जहाँ हसिनाले चुनावी सभालाई सम्बोधन गर्दै थिइन् ।
सबै अपराधीहरु हुजी(बीका कार्यकर्ता हुन् ।