सार्वजनिक ठाउँमा होली खेल्न काठमाडौंमा रोक

दियोपोस्ट संवाददाता

काठमाडौं, १२ चैत्र । काठमाडौंमा सार्वजनिक स्थलमा होली खेल्न जिल्ला प्रशासन कार्यालयद्धारा रोक लगाएको छ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९ संक्रमणको दर बढ्दै गएको भन्दै होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको बताएका छन्।

तराईमा चैत १५ गते पहाड र १६ गते होली मनाइँदै छ।

यस्तै, सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने कुरा पनि उनले बताए ।

विद्यालय सञ्चालन भएको अवस्थामा विद्यार्थीहरूलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्ने, कक्षाकोठाको व्यवस्थापन सोही अनुसार व्यवस्था गर्न समेत अनुरोध गरेका छन्।

सम्बन्धित खबर

सिफारिस