
काठमाडौं, चैत १२ । ( ने क पा ) एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय समिति बैठक बोलाएको छ।
स्रोतका अनुसार काठमाडौंमा बस्ने गरी शुक्रबारका लागि बैठक डाकिएको हो। बैठकमा पछिल्ला गतिविधि केपि शर्मा ओली समूहले गरेका निर्णयहरू, र भावी रणनीतिबारे छलफल हुनेछ।
यसैबीच नेपाल समूहका नेताहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओलीले मागेको स्पष्टिकरण पनि तयार पारेका छन्।
सोमबार काठमाडौंमा बसेको माधव समूहका उपलब्ध स्थायी कमिटी सदस्यको बैठकले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ राजनीतिक रूपमा सामूहिक दिने निर्णय गरेको थियो।