मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दियोपोस्ट संवाददाता

झापा, १२ चैत्र । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ ।

शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा परी कार्कीको टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । रासस

सम्बन्धित खबर

सिफारिस