जेल भित्रैबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

दियोपोस्ट संवाददाता

काठमाडौं, १२ चैत्र । डिल्ली बजार कारागारमा रहेका राजपाका सांसद रेशम चौधरीले आफू जेल भित्रै रहेको बेला बाहिर सार्वजनिक भएका केही समाचारको विषयमा विज्ञप्ति निकालेका छन् ।

उनले आफ्नो लिखित विज्ञप्ति नै सार्वजनिक गरेका हुन् ।


आफू जेल भित्रै रहेको बेला बाहिर जथाभावी र कपोकल्पित कुराहरु ल्याएको भन्दै यस्तो कार्य गलत रहेको बताएका छन । केही दिनअघि एमाले नेतृत्वको सरकारमा आफूहरु जान नहुने धारणा चौधरीले राखेको भन्दै खबरहरु आएका थिए ।


‘म जेलमा छु । जेलमा रहेको व्यक्तिको बारेमा जथाभावी भ्रामक र कपोकल्पित कुराहरु ल्याउनु भनेको गलत हो । बाहिर केही मिडियाहरुले गरेको गलत प्रचार प्रति मेरो ध्यान आकृष्ट भएको छ,’ उनले विज्ञप्तिमा भनेका छन्,‘जेलमा रहेपनि म सांसद हुँ । मेरो मर्यादा मलाई थाहा छ । म गलत शब्दले कसैलाई प्रहार गर्ने परिकल्पना पनि गर्न सक्दिनँ ।’


यस्तो छ उनको विज्ञप्ति

सम्बन्धित खबर

सिफारिस