प्रहरीको दाबी : भागरथीको बलात्कारपछि हत्या भएको हो

दियोपोस्ट संवाददाता

काठमाडौं,१२ चैत्र । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । हत्या प्रकरणको अनुसन्धानमा निकै महत्वपूर्ण मानिएको भजाइनल स्वाबको डिएनए परीक्षणको रिपोर्ट आएसँगै सो पुष्टि भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बिहीबार राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको भजाइनल स्वाबको डिएनए रिपोर्ट आएको हो । रिपोर्टअनुसार भागरथीको भेजाइनल स्वावमा भएको डिएनएसँग आरोपीको डिएनए म्याच भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता मुकेशकुमार सिंहले डिएनए रिपोर्ट प्राप्त भएको र आरोपितको डिएनएसँग भजाइनल स्वावमा भएको डिएनए म्याच भएको पुष्टी गरे ।

भागरथीको हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले सोही गाउँका १६ बर्षीय किशोरलाई पक्राउ गरि अनुसन्धान गरेको थियो । भागरथी पढेकै स्कूल सनातन धर्म माविमा कक्षा ११ मा पढ्दै गरेका किशोरले हत्या गरेको स्वीकार गरिसकेका छन् ।

केही दिनदेखि आरोपीत किशोरका आफन्तले घटनालाई मोड्ने प्रयास गरेका थिए । तर, डिएनए रिपोर्ट आइसकेपछि बलात्कार गरेको पुष्टि नै भएको छ ।

सम्बन्धित खबर

सिफारिस