जेलभित्र रहेका रेशम चौधरीको रिहाई माग गर्दै गृहमन्त्री नै धर्नामा

दियोपोस्ट संवाददाता

काठमाडौं, १२ चैत्र ।जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइको माग गर्दै माइतीघर मण्डलमा भइरहेको धर्नामा गृहमन्त्री रामबहादुर थापा बादलु सहभागी भएका छन्।

धर्नामा बसेकाहरूलाई सम्बोधन गर्दै उनले आफू सरकारको प्रतिनिधि भएर आएको बताए।चौधरीको रिहाइका लागि वार्ता टोली पनि गठन गर्ने थापाको भनाइ थियो।

तपाईंहरूले १९ बुँदे माग राख्नुभएको छ। यी मागप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ,ु उनले भने,सरकारको यसमा ध्यान पक्कै गएको छ। प्रधानमन्त्रीका तर्फबाट म अहिले यहाँ उपस्थित भएको छु। सरकार पनि समस्यालाई सकेसम्म छिटोभन्दा छिटो समाधान गर्ने पक्षमै छ।

सम्बन्धित खबर

सिफारिस