होली कार्यक्रम आयोजना गरेमा पक्राउ गर्ने गृहको चेतावनी

दियोपोस्ट संवाददाता

काठमाडौं ,१३ चैत्र । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिइएको छ ।

काठमाडौंका सार्वजनिक स्थानमा होली खेल्न र भीडभाड गरेमा प्रहरीले कारवाही गर्ने स्रोतले जनाएको छ । कार्यक्रम आयोजना गर्नेलाई संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गर्ने भएको छ।

स्वतस्फूर्त मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्न गृहको निर्देशन छ । संक्रामक रोग ऐन–०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने र सो ऐनले सरकारको काममा बाधा पुर्‍याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने कानुनी व्यवस्था छ ।

सम्बन्धित खबर

सिफारिस