उपत्यकाको ९० ठाउँमा ट्राफिक प्रहरी : बेलुकी ९ बजेसम्म चेकिङ रहने, डेढ सय कारबाहीमा

दियोपोस्ट संवाददाता

काठमाडौं, चैत्र १५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सवारी चेकिङ कडा बनाएको छ।

फागु पूर्णिमामा हुन सक्ने सडक दुर्घटनालाई मध्यनजर गर्दै बिहानैदेखि चेकिङ गर्न थालेको हो।

काठमाडौं उपत्यकाभरि ९० ठाउँमा ट्राफिक चेकिङ भइरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार डेढ सय कारबाहीमा परिसकेको र चेकिङ बेलुकी ९ बजेसम्म रहनेछ।

कागजात नबोकेका कारण कारबाहीमा पर्ने धेरै छन् मापासे गरी सवारी चलाउनेहरू थोरैमात्र भेटिएको एसपी अधिकारीले बताए ।

सम्बन्धित खबर

सिफारिस