होलीमा काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी चेकिङः नियम उल्लंघन गर्ने ३२९ सवारी साधन कारवाहीमा

दियोपोस्ट संवाददाता

काठमाडौं, १५ चैत्र । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सवारी चेकिङ कडा बनाएको छ।

फागु पूर्णिमामा हुन सक्ने सडक दुर्घटनालाई मध्यनजर गर्दै बिहानैदेखि चेकिङ गर्न थालेको हो।

होलीमा सवारी नियम उल्लंघन गर्दै सवारी साधन चलाउनेलाई नियन्त्रणमा लिँदै कारवाही गरिरहेको छ । ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीका अनुसार अपराह्न १२ बजेसम्म ३२९ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।

जसमध्य ३१२ वटा दुईर्पाङ्ग्रे र १७ वटा चारपाङ्ग्रे सवारी साधन कारवाहीमा परेका छन् । त्यस्तै १५२ जना सवारी चालकलाई कारवाही गरिएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार कारवाही पर्नेहरुमा ५ जनाले मापसे गरि सवारी चलाएका थिए ।

महाशाखाले ८५ देखी ९० ठाउँमा चेक प्वाइन्ट राखेर सवारी–साधन चेकजाँच गरिरहेको जनाएको छ । विहान ७ बजेबाट ट्राफिकले चेक प्वाइन्ट राखेको हो । १७ वटा चारपाङ्ग्रे सवारी होल्ड गरिएको छ ।

महाशाखाले किशोर–किशोरीलाई टार्गेट गरेर चेकजाँचमा कडाई गरेको छ । होल्ड गरिएका सवारी–साधनलाई साँझ मात्र सवारी धनीको जिम्मा लगाउने महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस