एजेन्सी, १५ चैत्र । क्यानडाको एक सार्वजनिक पुस्तकालयमा छुरा प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ ।
भोनकुभरस्थित पुस्तकालमा स्थानीय समयानुसार शनिबार दिउँसो भएको उक्त आक्रमणमा अरु पाँचजना घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एकजनालाई पक्राउ गरेको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिनुअघि उनले आफैँलाई चोट पुर्याएको घटनास्थलको भिडियो फुटेजमा देखिएको जनाइएको छ ।
ती सन्दीग्ध व्यक्तिको आपराधिक पृष्ठभूमि पाइएको प्रहरीले जनाएको छ ।