प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता

दियोपोस्ट संवाददाता

काठमाडौं, १५ चैत्र । आइतबार प्रधानमन्त्री केपी सर्मा ओलीलाई भेट्न सभामुख अग्नि सापकोटा बालुवाटार पुगेका छन्। भेटका क्रममा उनीहरूबीच दुई घन्टा कुराकानी भएको थियो।

सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार संसदलाई प्रभावकारी बनाउने र सार्वजनिक महत्वका विधेयकलाई अगाडि बढाउने विषयमा ओली र सापकोटाबीच कुराकानी भएको हो ।

प्रतिनिधिसभा पुनर्स्थापित भए पनि संसदले बिजनेस नपाएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री र सभामुखबीच भेट भएको हो।

सम्बन्धित खबर

सिफारिस