भोलिदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

दियो पोस्ट  

काठमाडौं, १६ चैत्र । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ।

मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

केहीदिन देखि काठमाडौँ सहित देशका अधिकांश क्षेत्रका वायूमण्डल प्रदुषित बनेको थियो । जल तथा मौसम विभागले अझै केही दिन वायूमण्डलमा यस्तो समस्या हुने बताएको छ ।

सोमबार शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्मा, सहसचिव डा हरि लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्यालसहितको बैठकले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै ४ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सिफारिस