
काठमाडौं, सुर्खेतको विरेन्द्रनगरका ठूला ठेकेदार सुर्य बहादुर खड्कको सम्पत्ति लिलामीमा परेको छ । विभिन्न स्थानमा अर्बौंको ठेक्का हात पारेका खड्काको स्वामित्व रहेको सुर्या कन्स्ट्रक्सन फर्मले बैंकको कर्जा चुक्ता गर्न नसकेपछि उनीहरुको सम्पत्ति लिलामीमा पर्ने भएको हो ।
नेपाल बंगलादेश बैंकले २१ दिन भित्र लिलामी गर्न खड्का, उनका पुत्र सन्दिप खड्का र श्रीमती यशोदा खड्काको नाममा सुचना जारी गरेको हो । यसअघि ३५ दिन भित्र कर्जा तिर्न आउन भन्दै बैंकले सुचना प्रकशन गर्दा पनि अटेरी गरेको भन्दै लिलामी सुचना निकालेको हो ।
खड्का नेपाल निर्माण व्यावसायी महासंघका केन्द्रीय सदस्य समेत हुन् ।
यस्तो छ लिलामी सुचना
