केपी ओलीमाथि खनिए नेपाल,‘हाउस चल्न नदिने, भत्तासत्ता खाने हामीलाई हैरान पार्ने ?’

diyopost.com
दियो पोस्ट  आइतबार, फाल्गुण २२, २०७८ | १७:५६:१८

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनको संकेत गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण संसद भवनमा वितण्डा भएको समेत उनको आरोप छ । उनको वितण्डा सामना गर्न पनि संसद विघटन गर्नुपर्ने उनको भनाई छ ।

 

 

‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने’ प्रतिनिधि सभा बैठक बाहिर संचारकर्मीसँग उनले भने ‘त्यस्तो हो भने त्यो भन्दा पहिले नै संसदले नै केपी ओलीको वितण्डाको सामना गर्नलाई यो सब भंग गरिदिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ । चुनावमा जान्छ ।’

नेकपा एमालेले विगत ८ महिनादेखि संसद अवरुद्ध गर्दै आएको छ ।

माधव नेपालसहितका २३ सांसदलाई पार्टीले निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको विषय उठाएर एमालेले संसद अवरोध गरिरहेको छ । राष्ट्रिय महत्वको अमेरिकी सहयोग परियोजनाको विषयमा संसदमा प्रस्ताव दर्ता हुँदा समेत एमाले पुरानै अडानमा छ ।

 

सम्बन्धित खबर