काठमाडौं । आसन्न वैशाख ३० गते घोषित स्थानिय तहको निर्वाचनको तयारी तिब्र पारिएको छ । निर्वाचन आयोगले मतपत्र खरिद र छपाईकै लागि ५० करोडभन्दा बढी रकमको ठेक्का खोलिसकेको छ । आईतबार प्रकाशित गोरखापत्रमा निर्वाचन अधिकृतको नामावली समेत प्रकाशन भएको छ ।
आइतबार प्रकाशित अर्को सुचना अनुसार निर्वाचन आयोगले झोला खरिदको ठेक्का समेत खोलेको छ । झोला खरिदकै लागि निर्वाचन आयोगले ४ करोड ४५ लाख २२ हजार रुपैयाँ बराबरको ठेक्का स्विकृत गरेको छ । झोला खरिदका लागि जिएच मेडिहेल्थ कन्सर्न नामक कम्पनिलाई झोला खरिदको ठेक्का दिइएको हो । तर, मेडिकल सर्जिकल सामग्री खरिद गर्ने कम्पनिलाई झोला खरिदको ठेक्का दिएको भन्दै आयोग भित्रै विरोध शुरु भएको छ ।
यसअघि निर्वाचन आयोगले ग्याबिन जाली उत्पादक कम्पनिलाई २४ करोड भन्दा बढीको मतपत्र खरिदको ठेक्का दिएको थियो ।