काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा भएका ५ जना अधिकृतहरु तथा सशस्त्र प्रहरी उपरीक्षक पदमा अबकास पुर्वविशेष बढुवा भएका १ जना अधिकृतलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा चैत्र १० गते आयोजित बिषेश समारोहमा उल्लेखित पदको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्दै संगठनमा रहेर प्राप्त जिम्मेबारीका क्षेत्रहरुमा पु¥याएको योगदानको कदरगर्दै नेपाल सरकार तथा संगठनले पदोन्नती गरेको बताए । उनले पदोन्नतीसँगै प्राप्त भएको जिम्मेवारी तथा उत्तरदायित्व
पूर्णव्यवसायिक भई आवश्यक योजना बनाई उत्कृष्ट ढगंले मातहतका कर्मचारीहरुलाई उत्प्रेरीत गर्दै सामुहिक भावनाकासाथ कार्यसम्पादनमा जुट्न त्यसै अबसरमा निर्देशन दिए ।