प्रचण्डको भाषणमा शिक्षामन्त्रीको खण्डन : ‘माओवादी बामपन्थीको पहिलो पार्टी’ !

diyopost.com
दियो पोस्ट  आइतबार, चैत्र १३, २०७८ | १८:००:२९

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी बामपन्थी शक्तिमा पहिलो पाटी हुने बताएका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी देशकै पहिलो पार्टी बन्ने दाबी गरेका थिए । तर, पौड्यालले प्रचण्डकै भनाईलाई खण्डन गरेका छन् ।

नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमानखोलाले शुक्रबार आयोजना गरेको राजनीतिक एवम् बैचारिक प्रशिक्षणमा मन् त्री पौडेलले आगामी निर्वाचनमा बामपन्थी शक्तिमा माओवादी पहिलो हुने बताए । उनले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी माओवादी भएकाले प्रतिक्रियावादीहरुले भ्रम फैलाइरहेको आरोप लगाए ।

“माओवादी पार्टी अब चुनाव नजित्ने ठाउँमा पुगेको भन्ने प्रचार भइरहेको” मन्त्री पौडेलले भन्नुभयो, “देशी विदेशी शक्तिले चौर्फी हमला गरिरहेको छ ।” पार्टीको महाधिवेशन सम्पन्नपछि पार्टी पुर्ननिर्माणको क्रममा रहेको भन्दै आगामी निर्वाचनमा पहिलो बामपंथी शक्ति हुने बताए ।
जनक्रान्तिको कार्यभार अझै बाँकी रहेको भन्दै सुशासन र समृद्धि हुँदै समाजवादको यात्रामा रहेको बताए । संविधानको प्रस्तावनामा जनताको मैलिक हकअधिकारको कुरा लेख्ने पार्टी माओवादी भएको भन्दै अहिलेका स्थापित मुद्धाको मार्गचित्रमा माओवादी भएको उल्लेख गरे ।
“हामीले बलिदान, त्याग र तपस्या र आत्मबलिदान नगरेको भए अहिलेको परिर्वतन आउने थिएन, उनले भने, “माओवादीले प्राप्त गरेका उपलब्धी जीवन्त रहन्छन् ।”

माओवादी पार्टीबाट सरकारको जिम्मा लिनुभएका सार्थीहरुले धोका दिए (बादलसमूह) ।” उनले भने, “बैचारिक बहस थियो तर सरकारमै सहभागी भएर जिम्मेवारी लिएर धोका दिएका कमरेडहरु अहिले माओवादीलाई सराप्दै हिँडेका छन् ।”

मन्त्री पौडेलले आगामी निर्वाचनमा हामी आफ्नै बलबुतामा चुनाव लड्नु प्रमुख भएको भन्दै जनताका काममा थप लाग्न आग्रह गरे । हिजोको स्थितिमा माआवादी नभएको भन्दै पार्टी पहिलेभन्दा सुदृृढीकरण भएको उनको दाबी छ ।

एमसीसीको बारेमा भ्रम सिर्जना भइरहेको बताउँदै कानुनअनुसार एमसीसी लागू हुने बताए । “जनताले उठाएका १२ बुँदे प्रश्नलाई कानुन बनाएर पास गरेका छौं्” उनले भने,‘कानुनको अंग एमसीसी भएको छ । सहमति अनुसार नभए एक महिनाभित्र खारेज हुन्छ ।”

 

सम्बन्धित खबर