लहान, २१ चैत । संयुक्त अरब इमिरेट्समा रहेको ‘मधेसी समाज’ संस्थाले शनिबार सिरहाको विसनपुरकट्टीका अग्निपीडितलाई राहत वितरण गरेको छ ।
मधेसी समाजले अग्निपीडितको गाउँ नै पुगेर २६ जना अग्निपीडितलाई राहत वितरण गरेको हो । सिरहाको विसनपुरकट्टीमा गत फागुन ९ गते भीषण आगलागी हुँदा ४६ घर जलेर नष्ट भएको थियो ।
संयुक्त अरब इमिरेट्सको मधेसी समाजका संयोजक डा रवीन्द्रकुमार यादवसहित मैथिली र भोजपुरी सिने क्षेत्रका नायिका डोली सरकार तथा गायक देवेन्द्र साह सोनीलगायतले अग्निपीडितलाई रु २६ हजार आर्थिक सहयोग वितरण गरे ।
मधेसी समाजले अग्निपीडित, मधेस आन्दोलनका घाइते तथा सहिदलाई सहयोग पु¥याउने उद्देश्यका साथ केही दिनअघि संयुक्त अरब इमिरेट्सको अल इन भन्ने सहरमा च्यारिटी शो आयोजना गरेको थियो । उक्त च्यारिटी शोबाट सङ्कलन भएको रकमबाटै अग्निपीडित परिवारलाई सहयोग गरेको संयोजक डा यादवले बताए।