तोलामा नौ सय रुपैयाँले घट्यो सुनको मूल्य

दियो पोस्ट  

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारका दिन शुक्रबार मात्रै प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन पनि घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ ।