चितवन-२ मा रविसँग मतान्तर घटाउँदै एमाले, गठबन्धनका जितनारायण तेस्रो

दियो पोस्ट  

काठमाडौं । चितवन २ मा रास्वपाका रवि लामिछानेसँग एमालेका रामप्रसाद न्यौपानेले मतान्तर घटाएका छन्।

पछिल्लो अपडेट अनुसार लामिछाने १४ सय ९२ मत ल्याउँदा न्यौपाने ११ सय ३३ मत ल्याएका छन् । उनीहरुबीच ३५९ मतान्तर छ।

यस्तै, सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत ल्याएका छन्। हाल इच्छाकामनाको हात्तीवङ र भार्लाङको मतगणना भइरहेको छ ।